एशिया कप छनोटका पहिलो चारणका अन्तिम खेलहरु भोली हुदैछन ।

ओमान चार खेलमा तीन जीत र एक ड्र सँगै ७ पोइन्ट का साथ शिर्ष स्थानमा छ । दोश्रो स्थानमा रहेको यूएईका चार खेलमा तीन जीत र एक हार सँगै ६ पोइन्ट छन । तेस्रो स्थानमा रहेको हगंकंग संग चार खेलमा दुइ जीत, एक हार र एक ड्र सँगै ५ पोइन्ट छन । चौथो स्थानमा नेपाल छ । नेपालको चार खेलमा दुइ जीत र दुइ हार सँगै चार पोइन्ट छन ।

त्यस्तै सिङ्गापुर चार खेलमा चार हार को साथै उसको अगाडि को यात्रा समाप्त भएको छ । अर्को टोली आयोजक मलेशिया चार खेलमा एक जितेर २ पोइन्ट सहित पाँचौ स्थानमा छ , उसको पनि आगाडिको यात्रा समाप्त भएको छ ।

चार टोली एक दोश्रोको खेल प्रदर्शनमा निर्भर

यदि यूएईले भोली ओमानलाई हराए तथा हांगकांगले नेपाल लाई हराए दुइटै टोली सीधै फाइनलमा पुग्ने छन । यदि यूएई ओमान संग हारेमा र हांगकांग नेपाल संग जीते पनि ओमान र हांगकांग सीधै फाइनलमा पुग्ने छन ।

तर नेपाल हांगकांग संग जितेमा र यूएई ओमान संग हारे नेपाल र यूएईका सामान ६ अंक हुनेछन ।

यस्तो अवस्थामा नेपाल फाइनलमा पुग्न ओमानले यूएई लाई र नेपालले हांगकांग लाई ठुलो अन्तरले हराउनु पर्नेछ ।

नेपालको नेट रन रेट सबैभन्दा कम

एशिया कप छनोट का शिर्ष चार टोलीमा नेपालको नेट रन रेट सबैभन्दा कम छ । सबैभन्दा राम्रो रन रेट यूएई को १.५८३ छ , दोश्रो नम्बर मा हांगकांग को १.५७ छ । ओमान को रन रेट ०.९२७ र नेपालको ०.१७६ छ ।

हांगकांग बिरुद्ध नेपालको प्रदर्शन कस्तो छ ?

पछिल्ला चार खेलहरु हेर्दा भोली हुने खेलमा हांगकांग लाई मनोबैज्ञानी दवाब हुनेछ । नेपालले पछिल्ला चार खेलमा चार मा जीत १००% नतीजा नेपालको पक्क्षमा रहेको छ ।

नेपाल र हांगकांग पछिल्लो पटक आइसीसी विश्वकप छनोट को वार्मआप खेलमा आमुने सामुने थिए तर उक्त खेलमा बर्षाको कारण टस पनि हुन सकेको थिएन ।

३० मार्च २०१७, इमर्जिङ एशिया कप – नेपाल ७ वीकेटले जीत्यो

हांगकांग २१४ अलआउट , अभिनाश कर्ण ३ विकेट, भुबन कार्की , सुशान भारी र ज्ञानेन्द्र मल्ल २/२ विकेट ।

नेपाल २२०/३ – ४४.२ ओवर, ज्ञानेन्द्र मल्ल ७०, दीपेन्द्र सिह ऐरी ६० र सरद भेश्वाकर ५५ रन

५ मई २०१४, एशियान प्रीमियर लीग, नेपाल ७ वीकेटले जीत्यो

हांगकांग १८१ अलआउट ४१.५ ओवर, सोमपाल कामी ४ विकेट , बसन्त रेग्मी ३ विकेट ।

लक्ष्य १४४ ( ३८ ओवरमा )
नेपाल १४७/३ – ३४.१ ओवर, पारस खड्का ४३ रन, नरेश बुढाऐर ४१ रन ।

९ ओक्टोबर २०१२, एसीसी इलाइट ट्रफी, नेपाल १२५ रनले जीत्यो

नेपाल २२५/७ – ५० ओवर, पारस खड्का ६१ रन, बसन्त रेग्मी ३ विकेट ।

हांगकांग १०० मा अलआउट ३७ ओवर ।

३१ मार्च २०१०, एसीसी इलाइट ट्रफी, नेपाल ११८ रनले जीत्यो

नेपाल २३६/७ – ५० ओवर , अनिल मण्डल – ७२ रन, शक्ति गौचन – ६५ रन, मेहबूब आलम ३ विकेट, बसन्त रेग्मी २ विकेट ।

हांगकांग ११८ रन – ३३.४ ओवर ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like