नयाँदिल्ली । सुदूरपश्चिमेली नेपाली समाज दिल्ली राज्य समेती र नगर समेती ले महिला हरुको महान पर्व तिज र सुदूरपश्चिमेली महान चाड गौरापर्वको विशेष अवसरमा सांस्कृतिक कार्यक्रम को अायोजना गदैछ।

विश्व का विभिन्न देश सगै भारत का विभिन्न राज्य जिल्ला नगरमा गठन सुदूरपश्चिमेली समाज ले परदेश मा पर्ने सुदूरपश्चिमेली का नेपाली का समस्या सगै देशमा घटने विभिन्न प्राकृतिक प्रकोप का साथै कला संस्कृति बचाउन परदेशमा विभिन्न कार्यक्रम को अायोजना गर्दै अाएको छ।

भारत को राजधानी दिल्ली र दिल्ली लाई कर्मथलो बनाई रोजगारी , ब्यबसाय ,अध्ययन गदै अाएका सुदूरपश्चिमेली दाजुभाइ दिदीबहिनी मिलेर अायोजना भइरहेको उक्त कार्यक्रम भोलि अाइतबारका दिन समुदायिक भबन MCD कलौनी अाजादपुरमा अायोजना हुदैछ।

उक्त कार्यक्रम मा नेपाल बाट चर्चित देउडा गायिका गौरी भट्ट सगै डोटेली हास्य तथा गाएक भानुभक्त जोशी को बेजोड प्रस्तुति रहने छ भने नबउदित गायिका धौली सामन्त पनि दर्शक लाई मनोरञ्जन दिने जमर्को रहेको छ।कार्यक्रम का लागी नेपाल बाट अागन्तुक कलाकार दिल्ली पुगीसकेका छन।

यस्तै कार्यक्रम मा स्थानीय कलाकार बासुदेब जोशी ,मुकेश बिक ,दिनेश भण्डारी ,पारश भण्डारी ,दिपा साउद दशरत बिक प्रेम सुनार भिम बिष्ट ( अछामी रेखा)देब बिक अशोक चन्द ले अाफ्नो प्रतिभा देखाएर दर्शक लाई परदेश मै भएपनी अाफ्नो कला संस्कृति को अाभाश गराउने कार्यक्रम रहेको सांस्कृतिक अायोजक समेती सगै सुदूरपश्चिमेली समाज दिल्ली राज्य समेती अध्यक्ष हर्क रावत ले सुदूर अनलाइन जानकारी दिएका छन।

साथै दिल्ली र दिल्ली अासपास लाई अाफ्नो कर्मथलो बनाई बस्नु भएका कलाकार ,पत्रकार ,बुद्धिजीवी ,राजनीतिकर्मि , समाजसेवी ,कलाप्रेमी का नेपाली दाजुभाइ दिदिबहिनी सुदूरपश्चिमेली दाजुभाइ दिदिबहिनी हरु लाई कार्यक्रम मा उपस्थित भए कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न गर्ने सहयोग गरिदिन अायोजक समेती ले हार्दिक अनुरोध का साथै प्रचारप्रसार का लागि यो पोष्ट सेयर गरि सबै माझ पुर्याईदिन विनम्र अनुरोध गरेको छ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in अछाम

You may also like