नवराज पनेरु

भारतको उत्तराखण्डको नैनीताल पर्यटकीय दृष्टिकोणले निकै प्रसिद्ध छ । सुगौली सन्धी हुनु अगाडिसम्म नैनीताल नेपालको भूभागमा पर्दथ्यो तर सन् १८१४ देखि १८१६ सम्म नेपाल र अंग्रेजबिच भएको युद्धपछि नेपालले पश्चिमको भूभाग गुमाउँदा नैनीताल पनि गुमाएको हो । १ हजार ५ सय मिटर लम्बाइ र ५ सय १० मिटर चौडाइमा फैलिएको तालको गहिराइ ३० मिटर सम्म रहेको अनुमान गरिन्छ ।

महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्ने क्रममा बायाँ आँखा झरेर शक्तिपीठ बनेकाले त्यही नामबाट नैनीतालको नामकरण गरिएको किंवदन्ती छ । तालको छेउमा नैनीदेवीको मन्दिर पनि छ । नैनीतालमा ताल बाहेक त्यहाँको रोप वे, चिडियाघर, लभ स्पोट, सुसाईट स्पोट, हर्ष राईडिङ, सुख्खा ताल, हिमालयको दृष्य, रंग फेर्ने तालहरु पनि पर्यटकहरुलाई लोभ्याउने माध्यम हुन् । सुख्खा ताल जहाँ ८ महिना सुख्खा र ४ महिना पानी भरिन्छ ।

यसैगरि लभ स्पोट र सुसाईट स्पोट नाम दिएर बनाईएका स्थल हाम्रा पहाडी जिल्ला भिरहरु जस्तै छन्, केवल नाम दिएर त्यहाँका पर्यटन व्यवसायीले उक्त ठाउँको प्रवद्धन गरेका छन् । हिमालयको दृष्य र रंग फेर्ने ताल देखिन्छ भन्दै प्रचार गरिन्छ तर हुस्सुका कारण कहिले न त्यो ताल देखिन्छ न हिमालयको दृष्य नै ।

तर नैनीतालका सडकपेटीका व्ययापारी देखि ठुला पर्यटन व्यवसायी पनि सो ठाँउको प्रवद्धनका लागि एकजुट छन् । सवैले सवै पर्यटकीय क्षेत्रको प्रचार–प्रशार र प्रवद्धन गरेको भेटिन्छ । कुनै पनि नेपालीलाई नैनीताल पुग्दा तालको आकर्षणले भन्दा त्यहाँका व्यवस्थित संरचनाले लोभ्याउछ । प्रदेश नम्वर ७ को डडेल्धुरा सदरमुकाम जस्तै पहाडको घुमाउरो बाटोलाई व्यवस्थित गर्न त्यहाको सरकारले कुनै कसर बाँकी राखेको छैन् ।

पहाडका चट्टान फोरेर बनाइएका लजहरू निकै आकर्षक देखिन्थे भने पहाडमै बनाईएका सडकहरु पनि त्यहाँको विकासलाई झल्काएको छ । अझ रात्रिकालीन परिदृश्य हेर्दा सवैको मन लोभ्याउन सक्छ । आसपासका होटलमा बालिएका तथा पहाडको घरको बिजुलीको प्रतिबिम्ब तालमा देखिन्छ । ति बिजुलीको चहक तालमा हेर्दा यस्तो लाग्छ कि मानौ आसपासको अग्ला घर नै तालमा डुबिरहेको छ ।

भारतको राजधानी दिल्लीबाट ६ सय किलोमिटर दूरीमा रहेको डडेलधुरा भविष्यको पर्यटकीय गन्तव्य बन्ने थुप्रै्र आधारहरू रहेका छन् । पहाडी अन्य ६ जिल्लाका पर्यटकीय गन्तव्य जाने प्रमुख द्वारका रूपमा रहेको डडेल्धुरा आफैमा पनि अलौकिक पर्यटकीय गन्तव्यले भरिएको क्षेत्र हो ।

नेपाललाई ७५ जिल्लाहरुमा विभाजन गर्नु पूर्व डोटी जिल्लाबाट डडेल्धुरा जिल्लाको प्रशासनिक नियन्त्रण हुने गर्दथ्यो । डडेलधुरा जिल्लाको नाम बनोटको आकृतीबाट रहेको मानिन्छ । स्थानीय बोलीचालीमा ढाडलाई डडाल्नु र अग्लो स्थानलाई धुरा भनिने हुँदा डडाल्नु जस्तो धुराबाट बोल्ने क्रममा डडेलधुरा भनिन थालिएको हो । डाँडा, घना जगँल र जाडो भएको कारणले डडेल्धुरा पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो ।
प्रदेश नम्वर ७ को पहाडी जिल्लाको प्रवेशद्वार डडेल्धुरा सदरमुकाम समुद्री सतहबाट १९ सय मिटर उचाइमा रहेको छ । नैनीताल र डडेल्धुराको समुद्री सतहबाट उचाई लगभव बराबर हो । त्यसैले पनि भारतीय सञ्चार माध्यमहरूले पटक–पटक भारतको नैनीताल भन्दा सुन्दर नेपालको डडेल्धुरा भन्ने समाचार लेख्दै आएका छन् ।

उनीहरुले डडेल्धुरामा पर्यटकीय गन्तव्यका रूपमा सूचना केन्द्र र स्तरीय पर्यटकीय आवास निर्माण हुन सके पर्यटकको ओइरो लाग्ने बताएका थिए । भारतीय सञ्चार माध्यमकै अनुसार नैनीताल अंग्रेजहरूले बनाए तर डडेलधुरा त प्रकृतिले बनाएको छ । सदरमुकाममा रहेको ऐतिहासिक अमरगढी किल्ला, उग्रतारा मन्दीर, घटाल बाबा, डोटी राज्यको शक्तिशाली राजधानी अजयमेरु कोट पर्यटकका लागि आकर्षण गर्ने केन्द्र छन् ।

डडेल्धुराको अमरगढी किल्ला ऐतिहासिक किल्ला हो । यो किल्ला डडेल्धुरा जिल्ला सदरमुकामको उच्च टाकुरामा रहेको छ । श्री ५ रणबहादुर शाहको शासन काल तथा राजकुमार बहादुर शाहको नायवीमा संचालित नेपाल एकिकरणको क्रममा डोटेली फौज पराजित भइसकेपछी डोटी राज्य पनि बिशाल नेपाल अधिराज्यमा गाभिन पुग्यो । युद्वकालिन समयमा भूगोल र सुशानलाई सुदृढ र विस्तार गर्न अमरसिंह थापा यस क्षेत्रको प्रथम प्रशासनको रुपमा नियुक्ति भएर आए । उनले यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पनि विजय अभियानलाई जारी राख्न अमरगढी किल्लाको निर्माण गर्न लगाएको हुन् ।
उग्रतारा भगवतीको उत्पत्ती किसानले हलो जोत्दा भएको मानिन्छ ।

धार्मीक विस्वास अनुसार हलोको फालि सिलामा गढेर सिलाबाट निरन्तर रगतको धारा बग्दा खोला बग्न शुरु भयो । डडेल्धुराको अर्को धार्मीक पर्यटकिय स्थल घटाल देवता पनि हो । डडेलधुराको अजयमेरु कोट ऐतिहासिक सम्पदा हो । अजयमेरु कोटको ऐतिहासिकता डाँडाको थुम्कोमा रहेको पुरानो दरबारको भग्नावशेष र त्यस वरपरका सम्पदाले जनाउछ । १४ औँ शताब्दीमा तत्कालीन डोटेली राजा नाग मल्लको ग्रीष्मकालीनको लागी राजधानी बनाएको हो भन्ने पनि गरिन्छ । यस्तै, महाभारत पर्वत शृंखलामा रहेका अलौकिक तालहरू, २२ सय मिटर उचाइमा रहेको ८ सय वर्ष पुरानो भागेश्वर मन्दिर, सडक मार्गबाट सदरमुकाम देखि १८ किलोमिटर टाढा रहेको राजा परिक्षित फाँटाको ब्रह्मकुण्ड, सडक मार्गमा रहेको गन्याप तालदेखि दर्जनौं दुर्लभ पर्यटकीय गन्तव्य रहेको डडेलधुरा पर्यटनको व्यवस्थित विकास हुन सके नेपालकै प्रमुख गन्तव्य स्थलका रूपमा विकसित हुन सक्ने धेरै सम्भावना रहेका छन् ।  नैनीताल र डडेल्धुरा जिल्ला सदरमुकामको भौगोलीक बनावट हेर्दा पनि ठुलै भिन्नता देखिन्न । नैनीतालको भन्दा मौसम राम्रो डडेल्धुराको छ ।

भारत सरकारले नैनीताल वरिपरिको पहाडी क्षेत्रलाई छिचोल्दै पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको छ भने डडेल्धुरा जिल्ला सदरमुकाम केवल सदरमुकामै केन्द्रित छ एउटा पहाडी डाडाको रुपमा सिमित छ । जसरी नैनीतालमा लभ स्पोट, सुसाईट स्पोट, हिमालयको दृष्य हेर्ने स्थानको प्रचार गरिएको छ त्यसैगरि डडेल्धुरा जिल्लाको अमगढी किल्ला, अजयमेरु कोट, उग्रतारा मन्दीर, भिमदत्त पन्तको जन्मस्थान कारीगाउँलाई प्रवद्धन गर्दै पर्यटकीय स्थल बनाउन सकिदैन् ।  डडेल्धुराबाट न हिमालको दृष्य देख्न समस्या छ न त कुनै भिरलाई लभ स्पोट र सुसाईट स्पोटको नाम दिएर प्रचार गर्नुपर्ने नै । केवल नैनीतालको जस्तै विकास र समृद्धीको सपना बोकेको सरकारको आवश्यकता छ ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like