खेम जोशी महेन्द्रनगर । काँग्रेसको भातृ संगठन नेविसंघले निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको दोषी पत्ता लगाउन माग गर्दै आह्वान गरेको बन्दका क्रममा आन्दोलनकारीहरुले एसटिएस टेलिभिजनका कञ्चनपुर सम्वाददाता चन्द्र जोशीमाथि आक्रमण गरेका छन ।

बन्दकर्ताले सरकारी गाडी तोडफोड गर्ने क्रममा भिडियो खिचिरहेका बेला भिडियो हटाउन भन्दै कुटपिट भएको पत्रकार जोशीले बताए ।

जिल्लामा बन्दको अवज्ञा गरेर कार्यालय खोलेको भन्दै नेविसंघका कार्यकर्ताले जिल्लाको सरकारी वकिल कार्यालयमा समेत तोडफोड गरेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

त्यसै क्रममा नेविसंघ कार्यकर्ताले बा २ झ २७१५ नम्बरको सरकारी गाडीमा आक्रमण गर्दा सिसा फुटेको छ ।

बन्दका कारण बजार, शैक्षिक संस्था, कलकारखाना, उद्योग खुलेका छैन्न।यसअघि ने.बि.संघले निर्मलाको न्यायका लागी सम्पुर्ण कंचनपुर बासी आम जनसमुदाय, शैक्षिकसंस्था, बिद्यार्थी, व्यापारी, बुद्धिजीवी, पत्रकार, नागरिक सामाज, विभिन्न पेशागत संगठनमा सहयोग का लागि हार्दिक अपील गरेको थियो।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like