शिक्षण पेशा संसारकै सबैभन्दा महत्व बोकेको पेशा हो जसले विद्यार्थीको उज्वल भविष्यको जिम्मा लिएको हुन्छ । तर, संसारमा यस्ता अनौठा शिक्षकहरु पनि छन् जसले शिक्षण पेसाको नक्सा बदलेका छन् । तिनै अपत्यारिला शिक्षहरुसँग आज हामी तपाईहरुको परिचय गराउन लागिरहेका छौं-

१. अक्साना निभिसेलाया
उनको तस्वीरबाटै सबैले अनुमान गर्छन् की उनी कि त मोडेल हुन् नत्र कोहि सेलिब्रेटी । वास्तवमा अक्साना मिंक्स बेलारुसकी गणित शिक्षिका हुन् । उनी संसारलाई आफु सुन्दर मात्र नभएर बुद्धिमानी समेत भएको साबित गर्न चाहन्छिन् ।

उनले सबैलाई आफ्नो रुपले मात्र मोह नपारी आफ्नो बौद्धिक कला पनि प्रदर्शन गरेकी छन् । तर, यसकै कारण उनले मानिसहरुबाट खराब प्रतिक्रिया पनि पाइरहेकी छन् ।

यसले उनका विद्यार्थीहरु माझ नराम्रो प्रभाव पार्नसक्ने धेरैको भनाइ छ । तर उनले यी सबलाई बेवास्ता गर्दै आफ्नो पेशामै लगनसाथ लाग्ने बताएकी छन् ।

२. माइकल बोनर
दुई कक्षालाई पढाउने माइकल बोनरले आफ्ना विद्यार्थीलाई कसरी पढाईप्रति आकर्षक बनाउने भन्ने उपाय खोजिरहेका थिए । यसैक्रममा उनले एउटा अनौठो प्रस्ताव विद्यार्थीहरुसमक्ष राखे र यसको परिणाम पनि सोचेजस्तै आएको छ ।

उनले आफ्ना विद्यार्थीहरुलाई राम्रो नम्बर ल्याएकामो आफ्नै म्युजिक भिडियो बनाइदिने वचन दिएका थिए । परीक्षामा राम्रो अङ्क ल्याउने विद्यार्थीको उनी आफैँ लागि परेर हिप्पप भिडियो सार्वजनिक गर्दिने गरेका छन् ।

३. ब्रयान्डी योङ
टेक्ससकी यी शिक्षिकाको एउटा चिठी सामाजिक सञ्जालमा भाइरल भएको थियो जब उनले वर्षभरि कुनै पनि विद्यार्थीलाई गृहकार्य नदिने निर्णय लिएकी थिइन् ।

विद्यार्थीहरुले घरमा गृहकार्य गर्नुको सट्टा आफ्नो आमाबुवासँग समय बिताउनुपर्ने उनको भनाइ रहेको छ । बच्चाहरुले होमवर्कको तनाव नलिई आफ्नो परिवारसँग रमाइलो गर्दा उनीहरुको मानसिक विकास सही तरिकाले हुने उनको तर्क छ ।

४. ब्रिट्नी ड्यारस
कोलोराडोको र्‍याम्पट हाई स्कुलमा पढाउने ब्रिट्नीकी एक विद्यार्थीले आत्महत्याको प्रयास गरेकी थिइन् । उनी अस्पतालमा भर्ना भएकै बेलामा उनले ती विद्यार्थीलाई चिठी लेखेकी थिइन् ।

उनको चिठीले विद्यार्थीमाथि गहिरो प्रभाव पारेकाले उनले अब आत्महत्याबारे कहिल्यै नसोच्ने कसम खाएकी थिइन् । त्यसपछि ब्रिट्नीले आफ्ना अरु विद्यार्थीहरुले पनि आत्महत्याबारे कहिल्यै नसोचुन् भनेर २ महिनासम्म १०० जना विद्यार्थीहरुलाई प्रेरणात्मक चिठी लेखेकी थिइन् । सकारात्मक प्रभाव पार्नकै लागि उनले त्यस्तो कदम उठाएको बताएकी थिइन् ।

५. सारा डोम्रस
न्यु बर्लिनकी इङ्लिस टिचर साराको उनको १६ वर्षीय विद्यार्थीसँग सम्बन्ध रहेको खुलासा भएको थियो । पहिले उनीहरुले मोबाइल म्यसेजबाट कुरा गर्ने गरेका थिए तर पछि उनीहरुको सम्बन्ध गहिरो हुँदै गएपछि उनीहरुले शारीरिक सम्बन्ध समेत राखे ।

यसपछि पुलिसकहाँ यो घटना पुगेपछि जाँच गर्दा नै सबैसामु तिनीहरुको सम्बन्धबारे खुलासा भएको थियो जसकारण डोम्रसले यौन शोषणको आरोपमा जेल सजाय भोग्नु परेको थियो ।

६. लौरा ग्यारिगस
तीस वर्षीया लौरा तीन सन्तानकी आमा र क्यारोलिनामा कलेज टिचर हुन् । तर १७ वर्षीया छात्रसँग उनको सम्बन्ध रहेको खुलासा भएपछि उनको शिक्षण पेशा खोसिएको थियो ।

ती छात्राले उनलाई यौन शोषणको आरोप लगाएपछि उनको करिअर त्यहीँ समाप्त भइ जेल सजाय दिइएको थियो । उनलाई आफ्नै छोराछोरीलाई भेट्नमा पनि रोक लगाइएको थियो ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like