बैतडी, कात्तिक १६ । बैतडीको देहीमाडौंमा सम्पन्न निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले हात पारेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा पाटन नगरपालिकालाई ४९ रनले स्तब्ध पार्दै मेलौलीले उपाधि कब्जा गरेको हो ।

टस जितेर ब्याटिङ गरेको मेलौलीले १६.५ ओभरमा आफ्ना सबै विकेट गुमाउदै १३७ रन बनायो । जसमा मुकुन्द क्षेत्रीले २५ तथा कमल क्षेत्रीले २४ रनको योगदान गरे । पाटनका सुभाष विष्ट, दिपक विष्ट र धिरेन्द्र चन्दले समान ३÷३ विकेट हात पारे । १३८ रनको विजय लक्ष्यका साथ मैदान उत्रेको पाटन १५ .३ ओभरमा ८८ रनमा अलआउट भयो । धिरेन्द्र चन्दले १९ तथा मदन चन्दले १५ रनको योगदान गरेपनि अन्य ब्याट्म्यान चल्न नसक्दा पाटनले उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।

पाटनको पारी ध्वस्त पार्न मेलौलीका जयराम भट्टले ३ तथा कृष्णदेव भट्ट र विरेनद्र विष्टले २÷२ विकेट हात पारे । मेलौलीका जयराम भट्ट म्यान अफ द फाईनल चुनिए । उपाधीसंगै मेलौलीले १ लाख ११ हजार १ सय ११ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता पाटनले ५५ हजार ५५५ रुपैंया,ट्रफी र प्रमाणपत्र पाएको छ ।

यसैबिच प्रतियोगिताभर १२८ रन बनाउनुका साथै ६ विकेट हात पारेका मेलौलीका किरन ठगुन्ना उत्कृष्ट खेलाडी बन्दै ११ हजार १११ पुरस्कार पाए । प्रतियोगिताभर ११३ रन बनाएका शिवनाथका भानदेव ओझा उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने ८ विकेट हात पारेका मेलौलीका विरेन्द्र विष्ट उत्कृष्ट बलर छानिए ।

प्रतियोगितामा १२ छक्का हिर्काएका दशरथचन्द नगरपालिका ए का तेज बहादुर चन्द सबैभन्दा बढी छक्का हान्ने खेलाडी बने भने मेलौली किरन ठगुन्ना १४ चौका हिर्काउदै सर्वाधिक चौका हान्ने खेलाडी घोषित भए । पाटनका सन्दिप विष्ट उदयीमान खेलाडी बन्न सफल भए भने अनुसाशित टोलीमा पुर्चौडी नगरपालिका चुनियो ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like