बैतडी । बैतडीको सिबनाथ गाउपालिकामा स्थानिय युवाहरु मिलेर खेल मैदान निर्माण गरेका छन् । गाउपालिकाको वडा नम्बर ४ मा रहेको पिपलकोट मा.वि.लोजनीको खेल मैदान स्थानिय युवाहरुले श्रमदान गरेर निर्माण गरेका हुन ।
जयसिंह महता स्मृति प्रतिष्ठान बैतडीको अगुवाइमा संस्थाका अध्यक्ष मदन सिंह साउद, सचिव प्रेम प्रतिक महता, सदस्य दिपेन्द्र साउद लगायतको नेतृत्वमा निमाण कार्य सम्पन्न गरिएको हो ।
७ दिनसम्म गरिएको निर्माण कार्यमा स्थानीय युवाहरुको विशेष योगदान रहेका सस्थाका सचिव प्रेम प्रतिक महताले बताउनु भएको छ ।


स्थानिय स्तरमा राम्रो खेलाडी भए पनि खेल मैदानको अभावले खेलाडी उत्पादन गर्न समस्या भईरहेको भन्दै गाउका सबै युवाहरु मिलेर खेल मैदान निर्माण गरेको सचिव महताले बताउनु भयो । २० जना भन्दा बढी युवाले सात दिन लगाएर निर्माण गरेको खेल मैदान निर्माणको लागि कुनै निकायले पनि सहयोग नगरेको उहाले बताउनु भयो । खेल मैदानमा भोली देखि जयसिंह महता स्मृति प्रतिष्ठान बैतडीले आयोजना गरेको भलिबल प्रतियोगिता सन्चालन गरिनेछ ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like