एजेन्सी। भारतीय युवा खेलाडी पृथ्वी शाले स्कुल स्तरीय क्रिकेटमा खेलेको ५४६ रनको इनिङ धेरैले अझै भुलेका छैनन् । तर, एक नयाँ ब्याट्सम्यानले उनको यो रेकर्ड ध्वस्त पार्दै नयाँ रेकर्ड बनाएका छन् । डिके गायकवाड अण्डर १४ क्रिकेट प्रतियोगितामा १४ वर्षका प्रियांशु मोलियाले ५५६ रनको कीर्तिमानी इनिङ खेलेका छन् ।

प्रियांशुको यो धमाकेदार इनिङको सहयोगमा मोहिंदर लाला अमरनाथ क्रिकेट एकेडेमीले योगी क्रिकेट एकेडेमीलाई १ इनिङ र ६९० रनले हराएको छ । प्रियांशुले ३१९ बलको सामना गर्दै ९८ चौका र १ छक्काको सहयोगमा नटआउट ५५६ रन बनाए । योगी क्रिकेट एकेडेमीलाई पहिलो इनिङमा ५२ रनमा अलआउट गरेपछि अमरनाथले इनिङ सुरु गरेको थियो । उसले ४ विकेटको क्षतिमा ८२६ रन बनाएर इनिङ डिक्लेयर गरेको थियो ।

जवाफी ब्याटिङमा आएको योगी क्रिकेट एकेडेमी ८४ रनमै अलआउट भयो । प्रियांशुले बलिङतर्फ पनि बलराउण्डर प्रदर्शन गर्दै पहिलो इनिङमा ४ र दोस्रो इनिङमा २ विकेट लिए । रोचक त के भने इनिङ डिक्लेयर गर्दा उनी नटआउट थिए । इनिङ डिक्लेयर नगरी अझै केहीबेर खेलेको भए उनले रनको शतकमात्र होइन चौकाकै शतक प्रहार गर्न सक्थे ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like