पोखरा । पोखरा प्रिमियर लिग(पीपीएल) को एलिमिनेटर खेलमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका कप्तान ज्ञानेन्द्र मल्लको निर्णय सही सावित हुुन सकेन । पोखरा रंगशालामा भएको खेलमा काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९४ रनमा समेटियो ।
काठमाडौंले पीपीएलको अहिलेसम्मका खेलमा सबैभन्दा सानो लक्ष्य दिएको हो । काठमाडौंले ९४ रन बनाएपछि चितवनले ९५ रनको झिनो लक्ष्य पाएको हो ।
काठमाडौंका लागि छैटौं विकेटका रुपमा मैदान प्रवेश गरेका कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए । त्यस्तै, काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यान जयकिसन कोल्सावालले २५ रन बनाए । कप्तान मल्ल र कोल्सावालले ३८ रनको साझेदारी खेले ।
त्यस्तै, दोस्रो ओभरमा बलिङमा आएका सन्नी पटेलले ९ रन बनाएर खेलिरहेका अमित श्रेष्ठ पहिलो बलमा विकेट लिए भने दोस्रो बलमा पवन शराफ शुून्यमा आउट गराउँदा छैटौं बलमा १ रन बनाएका गौरव तोमरलाई पवेलियन फर्काएका थिए ।
त्यस्तै, काठमाडौंलाई सस्तैमा समेट्न चितवनका सन्नी पटेलले सर्वाधिक ३ विकेट लिए भने भुुवन कार्की, स्मीथ पटेलले २–२ विकेट लिए । कप्तान पारस खड्काले १ विकेट लिए ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like