काठमाडौं। पोखरामा जारी पोखरा प्रिमियर लिगको इलिमिनेटर खेलमा हुलास काठमाडौं रोयल्सले आफ्नै लाजमर्दो रेकर्ड आफैंले तोडेको छ । आज भएको इलिमिनेटरमा चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौंले प्रतियोगिताकै सबैभन्दा सानो स्कोरको नयाँ रेकर्ड बनाएको छ ।

पिपिएलमा काठमाडौंले नै हिजो मात्र प्रतियोगिताको सबैभन्दा कम स्कोरको रेकर्ड बनाएको थियो । हिजो पोखराविरुद्ध ब्याटिङ गर्दा काठमाडौं १९.१ ओभरमा १०३ रनमै अलआउट हुँदै प्रतियोगिताकै सबैभन्दा कम स्कोरको रेकर्ड बनाएको थियो । आज इलिमिनेटरमा चितवनविरुद्ध १९.३ ओभरमा ९४ रनमा अलआउट हुँदै हिजोको आफ्नै रेकर्ड तोडेको छ ।

आजको इलिमिनेटरमा कप्तान ज्ञानेन्द्र मल्लले ३० र ओपनर जयकिशन कोल्सावालले २५ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । चितवनका लागि सनी पटेलले ३ विकेट लिए । स्मित पटेल र भुवन कार्कीले २–२ विकेट तथा पारस खड्का र करण केसीले १–१ विकेट लिए । ९५ रनको लक्ष्य पछ्याउन चितवन केही बेरमै ब्याटिङमा उत्रिनेछ । आजको विजेताले भोलि शरद भेषवाकर नेतृत्वको पोखरा पल्टन्सविरुद्ध फाइनल खेल्नेछ ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like