एजेन्सी। हरेक व्यक्तिको जीवनमा विवाहको छुट्टै महत्व छ । विवाहबिना जीवन अधुरो मानिन्छ । विवाह दुई जनाको बीचमा मात्र होइन दुई परिवारको बीचमा हुन्छ । यति हुँदाहुँदै पनि हामीले धेरै सुनेका छौं कि विवाहपछि पनि उनीहरुको अरुसँग नाजायज सम्बन्ध हुन्छ । यस्ता सम्बन्धले कैयौं जिन्दगी बर्बाद भएका छन् । आज कुरा गरौं महिलाको । किन कुनै विवाहित मलिा पति हुँदाहुँदै परपुरुषसँग सम्बन्ध बनाउँछन् त ? यसको पछाडिका केही कारण यस्ता छन् ।

१. कम उमेरमा विवाह हुनुः यदि कुनै केटीको विवाह कम उमेरमा भयो भने ती पतिपत्नीको उमेरमा ठूलो अन्तर हुने सम्भावना अधिक हुन्छ । यस्तो भएमा केहीहरुलाई समस्या हुन्छ । यसप्रकारको विवाहपछिको शारीरक सम्बन्धमा न पुरुषले सन्तुष्टि पाउँछन् न महिलाले । सन्तुष्टि नपाएपछि महिला परपुरुषसँग सम्बनध बनाउँछन् ।

२. जबरजस्ती गरिएको विवाहः हाम्रो समाजमा केटीको विवाह उनको इच्छापिवरित जबरजस्ती गरिदिने परम्परा कायमै छ । मातापिताले छोरीको यसरी विवाह गरिदिएपछि सही व्यक्तिसँग विवाह गरिदिएको ठान्छन् । तर, यस्तो विवामा दुवैको सोच मिल्दैन र युवती कुनै अर्को पुरुषतर्फ आकर्षित हुन्छन् ।

३. पतिपत्नीबीच झगडाः विवाहपछि पतिपत्नीबीच झगडा हुनु सामान्य मानिन्छ । तर जरुरतभन्दा धेरै झगडाले हरेक सम्बन्धलाई बिगार्छ । यदि पतिपत्नीबीच झगडा भइरहेका उनीहरु शारीरिक सम्बन्ध पनि कम बनाउँछन् । यही कारण महिलाहरु अर्को पुरुषतर्फ आकर्षित हुन्छन् ।
४. शारीरिक सम्बन्धमा असन्तुष्टिः धेरै पटक महिलाहरु आफ्ना पतिसँग शारीरिक सम्बन्धबाट सन्तुष्ट हुँदैनन् । तर, यो कुरा उनीहरु आफ्ना पतिको अगाडि भन्न सक्दैनन् । यही शारीरिक सुखको मोहमा उनीहरु परपुरुषतर्फ आकर्षित हुन्छन् ।

५. खराब व्यवहारः पतिले अरुको अगाडि पत्नीसँग मायालु र सम्मानजनक व्यवहार नगर्दा पनि महिलाहरु परपुरुषतर्फ आकर्षित हुन्छन् । अरुको अगाडि पतिले आफू ठूलो देखिन खोज्दा पत्नीलाई होच्याउँछन् । यसबाट दुःखी महिलाले बाहिर आफूलाई सम्मान गर्ने पुरुष खोज्छन् ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like