एजेन्सी । चीनमा यस्तो भयानक घटना भएको छ, जसले धेरैको होस् उडाउछ। बसको एक महिला यात्रुले ड्राइभरलाई झापड लगाउँदा १३ जनाले ज्यान गुमाउनु परेको छ।

दक्षिण पश्चिम चीनमा गुडिरहेको बसमा एक महिला यात्रुले ड्राइभरसँग झगडा गरिन्। झगडासँगै उनले ड्राइभरलाई झापड समेत हानिन्। उक्त झापडपछि ड्राइभरले गाडीलाई नियन्त्रणमा लिन सकेनन् र नजिकैको कारलाई ठक्कर दिदै बस रेलिङ तोडेर नदीमा खस्यो।

दुर्घटनामा १३ जना व्यक्तिले ज्यान गुमाए। बसमा १५ यात्रु सवार थिए। अहिलेसम्म दुई जना वेपत्ता छन्।

रिर्पोटका अनुसार बस ड्राइभरले बस स्टेसनमा बस रोकेनन्। यसै कुरामा रुष्ट बनेकी महिलाले ड्राइभरलाई एक झापड हानिन्। आइतबार भएको यस घटनाको भिडियो फुटेज पनि सार्वजनिक भएको छ।

हेर्नुहोस् दुर्घटनाको भिडियो फुटेज

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like