बैतडी: बैतडी घर भएका एक नेपालीको आज भारतको हरियाणामा बसबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया गाउँपालिका ४ बरायलका २६ वर्षीय खडकसिंह महरा रहेका छन् ।

हरियाणाको कुरुक्षेत्रमा काम गर्दै आएका महराको आज बिहान ८ बजे ड्युटी गईरहेका बेला एक्कासी बसवाट खसेर मृत्यु भएको पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासका सह कोषाध्यक्ष वीरबहादुर विष्टले जानकारी दिएका छन् ।

मृतक विष्टको शव परिक्षणका लागी स्थानिय अस्पतालमा राखिएको छ । शवलाई परिक्षण पश्चात बिहीवार आफन्तको जिम्मा लगाइने भएको छ । केही दिन अगाडी मात्रै रोजगारीको शिलशिलामा भारत पुगेका महराको घरमा श्रीमती, १ छोरा र १ छोरी रहेका छन् ।

सुदूरखबर

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like