कालो हरिण शिकारको आरोपमा सलमान खानलाई दुइ बर्षको सजाय

नई दिल्‍ली: कालो हरिण शिकारको एक आरोपमा आज सलमान खानले भारतको जोधपुर को एक अदालत बाट दुइ बर्षको सजाय पाएका छन । वाइल्‍ड लाइफ प्रोटेक्‍शन एक्‍ट को आधारमा उनलाई दोषी पाइएको थियो । यस मुद्दामा अन्य आरोपी सैफ अली खान, तब्‍बू, नीलम, सोनाली बेंद्रेे र दुष्‍यंत कुमार लाई भारतको जोधपुर को एक अदालतले निर्दोष पायो । यो आरोप यी सबैलाई “हम साथ साथ हे” फिल्म शुटिंग को समय लागेको थियो ।

आरोप
सलमान खान, शैफ अली खान, तब्बू, नीलम, सोनाली बेंद्रे और जोधपुर निवासी दुष्यंत सिंह ले १ र २ अक्टूबर १९९८ को राति भारतको राजिस्थान राज्यको जोधपुर को
लूणी थानामा पर्ने कांकाणी गाउँमा दुइ काला हरिण को शिकार गरेका थिए । यस आरोपमा अदालतमा पेश भएका साक्षीहरुले आफ्नो बयानमा सलमान खान ले हरिणको शिकार गर्दा अन्य आरोपी गाडीमा बसेका थिए र उनले सलमान लाई शिकार गर्न उकसाए र गोलीको आवाज सुनेपछि गाऊँका मानिस आउदा सबै गाडीमा बसेर भागेका थिए र दुइ हरिण मृत फेल परेका थिए ।

सम्बन्धित सिर्शक
कमेन्टहरु
लोड हुदैछ...