प्रदेश नम्बर ७ को उत्तरी जिल्ला दार्चुलाको लेकम गाउँपालीका ५ मैखोलीमा जन्मीनुभएका समाजसेबी युवा गायक दिलेन्द्र प्रशाद जोशीको ’आखाँ आँसु टुलुबुलु’ डेउडा गीत बजारमा आएको छ । चर्चीत डेउँडा तथा लोक कलाकार पुस्पा बोहरा र दिलेन्द्र जोशीको स्वरमा ’आखाँ आँसु टुलुबुलु’ डेउँडा गीत सार्बजनिक भएको हो ।

बिगत ४ बर्षदेखी अद्ययनको सिलसिलामा जापानमा रहेका जोशीले अहिलेसम्म आधा दर्जन गीतहरु ब्जारमा ल्याउँन सफल भइसक्नु भएको छ । साथै केहि गीतहरु रेकर्ड भइसकेर बजारमा आउँने तयारीमा रहेका छन ।

प्रदेश को बसाई साथै पढाइ र कामको व्यस्तताकाबिच जोशीले आफ्नै सब्दरचनामा एकपछि अर्को गर्दै गीतहरु श्रोतामाझ ल्याउँन सफल हुनुभएको छ । सानै उमेरदेखी संगीत पारखी जोशीले ब्यस्त दैनिकिका बिच संगीतलाइ समय दिएर गीतहरु रचना र रेकर्ड गर्ने यात्रालाइ सक्रिर्यतापुर्बक निरन्तरता दिएको बताएका छन ।

जापान मै छयांकन भएको माया लाइ पैसा मा किन्छु नभन गीतबाट साङगीतिक यात्रामा पाइला चालेका जोशीले एक दर्जन गीतहरु रचना गरीसकेको बताउँदै केहि समयपछि अर्को डेउँडा गीत बजारमा आउँनलागेको जानकारी दिएका छन ।

शुदुरपश्चिमको भाषा कला संस्कृतिलाइ ध्यानमा राखी अगामी दिनमा समेत समाजसेवा र साङगेतिक यात्रालाइ निरन्तरता दिने जोशीले बताउँनुभयो । भर्खरै सार्बजनिक भएको ’आखाँ आँसु टुलुबुलु’ डेउडा गीतको भिडियो कहि समयपछि बजारमा आउँने जोशीको भनाइ छ ।

सुदूरसमाचार बाट

बाकी भिडियो बाट

https://youtu.be/_Pg 5U0l7R20

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like