खेम जोशी
महेन्द्रनगर , बैशाख १ गते

सुदुरपश्चिममा नयाँ वर्षको पहिलो दिन (आज) सिस्नु लगाएर धुमधामका साथ बिसु पर्वका मनाइदै छ । बिसु पर्व विशेषगरी सुदुरपश्चिमका पहाडी जिल्ला अछाम, डोटी, डडेल्धुरा, बझाग, बाजुरा र बैतडीमा मा वैशाख १ मनाइने गरिन छ। आज भोलि सुदुरपश्चिमका पहाडी जिल्लाबाट बसाई सरेका परिवारले कन्चन्पुर र कैलालीमा पनि बिसु पर्व मनाउने गरेका छन।

बिसु पर्व मनाउनकै लागि रोजगारीको सिलसिलामा भारतमा रहेका सुदूरपश्चिमेली हरु घर फर्के पछी गाउँघरमा चहलपहल बढेको छ।

खास गरि यो पर्वमा देवर भाउजु, नन्द भाउजु र साली भिनाजुले एक आपसमा सिस्नु लगाई मिठामिठा खानाका परीकार खाई मनाइने प्रचलन रहिआएको छ ।बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास रहिआएको संस्कृती जानकारहरु बताउँछन् ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like