इन्डियन पिमियर लिग आईपीएलमा नेपाल खेलाडी सन्दीप लामिछानेको आबद्ध टोली दिल्ली डेयर डेभिल्सले तेस्रो खेल आज खेल्दै छ । खेल मुम्बई इन्डियन्ससँग खेल्ने छ । खेल नेपाली समय अनुसार सवा ४ बजेबाट मुम्वईमा सुरु हुने छ ।

लगातर दोस्रो हार खाएको दिल्ली पहिलो जितको खोजिमा हुने छ । मुम्बई पनि दुई खेलमा दुईमानै हार खाएको छ । त्यस्तै नेपाली गुगली वाई सन्दीप प्लेइङ ११ पर्ने संभावना उच्च रहेको भारतीय मिडियाहरुले बताएका छन ।यस अघिका दुवै खेलमा दिल्लीले सन्दीपलाई प्लेइङ ११ मा मौका दिएको थिएन र दिल्ली दुबै खेलमा पराजित भएको थियो ।

मुम्बई रोहित शर्माको कप्तानीमा मैदान उत्रदा दिल्ली गौतम गम्भीरको कप्तानीमा मैदान प्रवेश गर्ने छ ।

Comments

0 comments

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like