नयाँदिल्ली – इन्डियन प्रिमियर लिग आईपीएलमा आज एक खेल मात्र हुदैँ छन् । आज दिल्ली डेयर डेभिल्स र किंस इलाभेन पञ्जावबीच सवा ८ बजेबाट दिल्लीको घरेलु मैदान फिरोज शाह कोटला क्रिकेट मैदानमा सुरु हुने छ । सवै नेपाली क्रिकेट फ्यानको ध्यान पनि कोटला तिरै हुने छ ।नेपाली स्पिनर तथा लेग बेक्रर गुगली बाई सन्दीप लामिछानेले दिल्लीबाट प्रतिनिधित्व गरि रहेका छन् । सुरुवाती ५ खेलमा मौका नपाएका सन्दीपले आज मौका पाउन सक्ने सम्भावना उच्च रहेको छ । यदी सन्दीपले मौका पाएपनि सबै नेपाली क्रिकेट फ्यानको सपना र इच्छा आज पनि एउटै हुने छ । सन्दीपले क्रिस गेललाई आउट गर्दे हुन्थ्यो ! साच्चैँ सन्दीपले आउट गर्दिए सबै भन्दा बढि खुसि हुने पनि नेपाली क्रिकेट फ्यान हुने छन् । अहिले सबै नेपाली क्रिकेट फ्यानको मुखमा निस्ने यी दुई शब्द हुन् ।
पहिला सन्दीप प्लेईङि ११ मा पर्लान की नपर्लान् त ? अर्को हो सन्दीपले क्रिस गेललाई आउट गर्न सक्लान् त ? पछिल्लो समय उत्कृष्ट लयमा रहेका गेललाई आउट गर्न भने सन्दीपलाई त्यती सहज भने हुने छैन । गेलले जारी आईपीएलमा ४ खेल खेल्दै १ शतक र दुई अर्धसतक प्रहार गरि सकेका छन् । क्रिस गेल अहिले उच्च फममा रहेका छन् । उनलाई आउट गर्न जुन तुन बलरले सक्ने छैन । निकै आक्रमक ब्याटम्यान गेललाई सन्दीपले आउट गर्न सके आफुलाई प्रमाणित गर्ने छन् की आफु कुन स्तरको बलर हुने भनेर । साच्चै दिल्लीले सन्दीपलाई बलिङ गर्ने अवसर दिएमा सन्दीपले आफुलाई प्रमाणि गर्ने मात्र होइन सारा ३ करोड नेपालीको शाान विश्वसामु चिनाउने छन् र विश्व क्रिकेट जगतमा तहल्का पिट्ने छन् । जस्को लागि दिल्लीले सन्दीपलाई प्लेईङ ११ मा मौका भने दिनुपर्छ । सवै नेपाली क्रिकेट फ्यानको प्रतिक्षा पनि र आसा पनि एउटै हुने छ पहिला दिल्लीले सन्दीपलाई मौका दिए हुन्थ्यो।
गतिशील खबर

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like